एथलेटिक्स: २०० मिटरमा शिवराज र निशालाई स्वर्ण – Nepal Press

एथलेटिक्स: २०० मिटरमा शिवराज र निशालाई स्वर्ण

पोखरा । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निसा चाैधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको २०० मिटर तर्फ स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बिहीबार बिहान शिवराजले पुरूष तर्फ निर्धारित दुरि २१.९१ सेकेन्डमा पूरा गरेका थिए ।

निर्धारित दूरी पूरा गर्न २२.०५ सेकेन्ड खर्चिएका एपिएफकै आशिष चौधरीले रजत तथा २२.५० सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलुकदमा शिवराजको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले पुरुष १०० मिटर दौड र पुरुष चार मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

बिहीबार बिहान पोखरा रंगशालामा सम्पन्न दौडमा महिला तर्फ सवर्ण जितेकी निशाले निर्धारित दुरी पसरा गर्न २५.२४ सेकेन्ड खर्चिइन् ।

सोही स्पर्धामा दौड पूरा गर्न २५.९५ सेकेन्ड खर्चिएकी एपिएफकी रमिता कुमारी थारुले रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले २६.५२ सेकेन्डसहित कास्य पदक जितिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर