‘नाइँ न भन्नु ल ६’ मा निखिल र संचिताका छोरा अथर्वले खेल्दै, भोलिबाट छायांकन – Nepal Press

‘नाइँ न भन्नु ल ६’ मा निखिल र संचिताका छोरा अथर्वले खेल्दै, भोलिबाट छायांकन

काठमाडौं । नेपाली बक्स अफिसमा हिट मानिएको चलचित्र ‘नाई नभन्नु ल’ को छैँठौ शृंखलामा अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा अथर्व उप्रेती बालकलाकारको रुपमा देखिने भएका छन् ।

अनुभव बालकलाकारबाट बाहिरिएसँगै चलचित्रमा बालकलाकारको रुपमा को आउला भन्ने सबैमा उत्सुकता थियो । सबैको उत्सुकतालाई पन्छाउँदै चलचित्रमा अथर्वले बालकलाकारको रुपमा डेब्यु गर्ने भएका छन् ।

चलचित्रको दोश्रो शृंखला देखि बाल कलाकारको रुपमा देखिएका अनुभव रेग्मीको उमेर बढेकाले बालकलाकारको भूमिकामा फिट नभएको भन्दै चलचित्र ‘नाई नभन्नु ल ६’ मा अथर्वलाई अनुबन्धित गरिएको हो ।

विकास राज आचार्यको निर्देशन तथा निर्माणमा तयार हुन लागेको चलचित्र ‘नाइँ न भन्नु ल ६’ मा अभिनेत्री आंचल शर्मालाई नवनायक आशिर्वाद क्षेत्रीले मुख्य भूमिकामा साथ दिने भएका छन् । आशीर्वादको पनि यो डेब्यु चलचित्र हो । आशीर्वादको बाल्यकालको भूमिकामा अथर्व देखिन लागेका हुन्। चलचित्रको छायांकन भोलिबाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *