टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल पुलिस बन्यो च्याम्पियन- मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम पदकविहीन – Nepal Press

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल पुलिस बन्यो च्याम्पियन- मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम पदकविहीन

पोखरा । नवौं राष्ट्रिय खेलुकदअन्तर्गत टेबलटेनिसमा नेपाल पुलिस क्लब ६ स्वर्णसहित टीम च्याम्पियन बनेको छ ।

बुधबार सम्पन्न प्रतियोगितामा पुलिसले ६ स्वर्ण, २ रजत र ४ काँस्यसहित कुल १२ पदक जित्यो । अर्को विभागीय टोली एपीएफ १ स्वर्ण, ४ रजत र १ काँस्यसहित ६ पदक जित्दै दोस्रो स्थानमा रह्यो ।

यस्तै बागमती प्रदेश १ रजत र २ काँस्यसहित तेस्रो भयो । प्रतियोगितामा आर्मी, एनआरएनए र प्रदेश १ ले २-२ काँस्य र गण्डकी प्रदेशले १ काँस्य पदक हात पारेका छन् ।

बुधबार सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले जितेकी छन् । नवीताले प्रतियोगितामा एलिना महर्जनलाई ३-४ को सेटमा पराजित गरिन् ।

प्रतिस्पर्धी खेलाडी दुवै नेपाल पुलिसका हुन् । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भइन् । एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले काँस्य जिते ।

यसैगरी पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक जिते । पुलिसका स्यान्टुले एपीएफका रुविन महर्जनलाई ४-१ सेटमा पराजित गरेका थिए ।

प्रतियोगितामा सहभागी मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश पदकविहीन रहे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर