सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने – Nepal Press

सोल्टी होटलले २६ प्रतिशत लाभांश दिने

काठमाडौं । सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । होटलले ५ प्रतिशत बोनस शेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

होटलले लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारणसभा पनि बोलाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने साधारणसभा प्रयोजनका लागि सोल्टीले पुस ७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

कम्पनीका अनुसार पुस ६ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *