४ सय मिटर हर्डल्समा आर्मीका रामलाई स्वर्ण – Nepal Press

४ सय मिटर हर्डल्समा आर्मीका रामलाई स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले ४ सय मिटर हर्डल्समा स्वर्ण पदक जितेका छन् ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालाको ट्रयाकमा बुधबार बिहान सम्पन्न दौडमा निर्धारित दूरी ५३.५३ सेकेण्डमा पूरा गर्दै रामले स्वर्ण जिते ।

यस्तै, आर्मीकै जीवन चौधरीले निर्धारित दूरी ५३.८९ सेकेण्डमा पूरा गर्दै रजत पदक जिते । एपीएफका नीरप्रताप महतोले निर्धारित दूरी ५३.३२ सेकेण्डमा पूरा गर्दै कास्य जित्न सफल भए ।

महिलातर्फ ४ सय मिटर हर्डल्सको स्वर्ण यसअघि नै आर्मीकै जयरानी थारुले जितीसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर