महिला ५ हजार मिटरमा बागमतीकी सन्तोषीलाई स्वर्ण – Nepal Press

महिला ५ हजार मिटरमा बागमतीकी सन्तोषीलाई स्वर्ण

पोखरा। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला सय मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

बुधबार बिहान पोखरा रंगशालाको ट्याकमा सम्पन्न दौडमा नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै स्वर्ण जितिन् ।
सन्तोषीले निर्धारित दुरी १७मिनेट ५.२९ सेकेन्डमा पूरा गरेकी हुन् । रजत पदक विजेता राजपुराले निर्धारित दुरी १७ मिनेट १२.५ सेकेन्डमा पूरा गरिन् ।

निर्धारित दुरL १८ मिनेट ३.०० सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी नैपानेले कास्य जितिन् ।

नवौं राष्ट्रिय खेलकुदमा सन्तोषीको यो दोस्रो स्वर्ण हो । यसअघि १० हजार मिटरमा जितेकी थिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर