आर्चरी : स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण – Nepal Press

आर्चरी : स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आर्चरीको स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कांस्य पदक प्राप्त गरे ।

महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पार्‍यो । सेनाका शरद बिक, सारू तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत र गण्डकी प्रदेशले कांस्य पाए ।

स्ट्याण्डर्ड मिक्स टिममा पनि सेनाले स्वर्ण जित्यो । सेनाका प्रदीप सुनुवार र शारदा विकको जोडीले सेनाका लागि आर्चरीमा अर्को स्वर्ण जितेका हुन् । यस विधामा गण्डकीले रजत जित्दा एपीएफले कांस्य पायो ।

रिकर्भ पुरुष टिम तर्फ गण्डकीले नेपाल पुलिसलाई पराजित गर्दै स्वर्ण जित्यो । एपीएफले कांस्य पदक प्राप्त गर्‍यो । यसै गरी कम्पाउन्ड पुरुष टिममा गण्डकीले जित निकाल्दै स्वर्ण जित्दा, एपीएफले रजत प्राप्त गर्दा सेनाले रजत पदक प्राप्त गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर