स्टेजबाट रुँदै रचना रिमालले भनिन् : टिकटक चलाउँदैमा इज्जत जाँदैन – Nepal Press

स्टेजबाट रुँदै रचना रिमालले भनिन् : टिकटक चलाउँदैमा इज्जत जाँदैन

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिरहेको वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ अभिनित चलचित्र ‘महापुरुष’ले हाल प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । कलाकारहरुको टोलीसहित चलचित्र प्रचार प्रसारका निम्ती मोफसल टुर गरिरहेको चलचित्र निर्माण टोलीले सोमबार पोखराको हल्लनचोकमा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रविन्द्र सिहं बानिया, कमेडियन सुमन कार्की, विकास अर्याल, गायक निशान भट्टराई, गायिका रचना रिमाललगायतको पनि सहभागीता थियो । मनोरजनात्मक हिसाबले चलचित्रको प्रचार प्रसार गर्न मोफसल टुर गरिरहेको चलचित्र टोलीको पोखराको कार्यक्रम भने कमेडियन विकास अर्यालको प्रस्तुतीपछि भने केही खल्लो भयो ।

अर्यालले आफ्नो प्रस्तुतीमा टिकटक सेलिब्रेटीहरुको रोस्ट गरेका थिए । कार्यक्रममा उनले रचनाले टिकटकबाट इज्जत बेचेको भन्दै व्यंग्यसमेत गरे । आफू लक्षित व्यंग्य सुनेपछि रचना रुँदै स्टेजबाट बाहिरिइन् । उनी उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने बताउँदै उनी रुदै स्टेजबाट बाहिरिएकी हुन् । आफ्नो प्रस्तुतीको कारण रचनाले चित्त दुखाएपछि अर्यालले उनीसँग आम माफीसमेत मागेसँगै कार्यक्रम पुनः अघि बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *