लक्ष्य अनुसार राजस्व संकलन भएन, तीन महिनामा ५ प्रतिशत पुँजीगत खर्च – Nepal Press

लक्ष्य अनुसार राजस्व संकलन भएन, तीन महिनामा ५ प्रतिशत पुँजीगत खर्च

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो महिनामा पनि लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन । चालू आर्थिक वर्षको पहिलो र दोस्रो महिनामा पनि राजस्वको लक्ष्य नभेट्टाएको सरकारले तेस्रो महिनामा पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यो वर्षको तीन महिनामा गत वर्ष भन्दा १८।६५ प्रतिशत कम राजस्व संकलन भएको छ । वर्ष भने असोज मसान्तसम्म २ खर्ब ८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । गत वर्ष असोज मसान्तसम्म सरकारले २ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

आन्तरिक राजस्व विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसके पनि गत वर्ष भन्दा ४ प्रतिशत बढी राजस्व उठाएको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

गत वर्ष पनि सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको थियो । सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा १० खर्ब ५९ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।

यता सरकारले तिन महिनामा पुँजीगत खर्च पनि ज्यादै न्यून गरेको छ । तीन महिनामा पाँच प्रतिशत पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकार अहिले विकास निर्माणमा भन्दा पनि चुनावी भाषणमा व्यस्त देखिन्छ । उसो त नेपालको पुँजीगत खर्चको अवस्था नै दयनीय छ । सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत खर्च छुट्टाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *