भारतले पाकिस्तानको भ्रमण नगर्ने, एसिया कप आयोजना स्थल सर्ने सम्भावना – Nepal Press

भारतले पाकिस्तानको भ्रमण नगर्ने, एसिया कप आयोजना स्थल सर्ने सम्भावना

काठमाडौं । भारतले पाकिस्तानमा एसिया कप भए नखेल्ने जनाएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले सन् २०२३ मा हुने एसिया कपका लागि भारत पाकिस्तान नजाने बताए ।

बीसीसीआईको वार्षिक साधारणसभामा त्यस विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एसीसी अध्यक्ष शाहले एसिया कप तटस्थ मैदानमा आयोजना हुनसक्ने बताए ।

‘एसिया कप तटस्थ मैदानमा आयोजना हुनेछ । म एसीसी अध्यक्षका रुपमा यो कुरा भनिरहेको छु । भारत पाकिस्तान जान सक्दैन । पाकिस्तान भारत आउन सक्दैन । विगतमा एसिया कप तटस्थ मैदानमा आयोजना हुने गरेको थियो’, शाहले भने ।

भारतले सन् २००६ यता पाकिस्तानमा खेलेको छैन । सन् २०१२ देखि यी दुई टोलीबीच दुई देशीय शृंख‌ला पनि आयोजना भएको छैन । उनीहरुले आईसीसी र एसीसीका प्रतियोगितामा मात्र भिडन्त गरेका छन् ।

हालै भएको एसिया कपमा यी दुई टोली दुईपटक भिडेकामा समूहगत चरणमा भारत र सेमिफाइनलमा पाकिस्तान विजयी भएको थियो । जारी टी-२० विश्वकपमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर