लङ जम्पमा राष्ट्रिय कीर्तिमानसहित एपीएफका सालिमलाई स्वर्ण – Nepal Press

लङ जम्पमा राष्ट्रिय कीर्तिमानसहित एपीएफका सालिमलाई स्वर्ण

पोखरा । नेपाल एपीएफ क्लब सालिम देवहानले लङ जम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगाशालामा मंगलबार सम्पन्न खेमा सालिमले ७.०६ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

उनले सन् १९९९ जुलाई १२ मा कृष्ण बहादुर गिरिले इलामाबादमा बनाएको ७ मिटरको रेकर्ड तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
यस्तै, आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक जिते ।

गण्डकी प्रदेशका नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै कास्य जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर