नवौं राष्ट्रिय खेलकुदः म्याराथनमा अनिष र विन्द्रालाई स्वर्ण – Nepal Press

नवौं राष्ट्रिय खेलकुदः म्याराथनमा अनिष र विन्द्रालाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याराथनमा पुरुषतर्फ गण्डकी प्रदेशका अनिष थापा मगर र महिलातर्फ एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठले स्वर्ण जितेका छन् ।

मंगलबार बिहान पोखरा रंगाशालामा सम्पन्न दौडमा अनिषले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । आर्मीका कृष्ण बस्नेतले रजत पदक जिते । उनले निर्धारित दूरी २ घण्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे ।

एपीएफका सन्तोषविक्रम विष्टले निर्धारित दूरी २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।

म्याराथनको महिलातर्फ निर्धारित दूरी २ घण्टा ५६ मिनेट २३ सेकेण्डमा पूरा गर्दै एपीएफकी विन्द्राले स्वर्ण जितेकी जितिन् । यस्तै, आर्मीकी विश्वरुपा बुढाले निर्धारित दूरी ३ घण्टा ००.३५ सेकेण्डमा पूरा गर्दै रजत पदक जितिन् ।

पुलिसकी रेखा विष्टले कास्य जितिन् । उनले निर्धारित दूरी ३ घण्टा १ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर