सन्दीपविरुद्ध फेरि म्याद थप्ने तयारी, भोलि अदालत लगिने – Nepal Press

सन्दीपविरुद्ध फेरि म्याद थप्ने तयारी, भोलि अदालत लगिने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धानका लागि प्रहरीले पुन: म्याद थप्ने तयारी गरेको छ। स्रोतका अनुसार अनुसन्धान नसकिएको भन्दै अदालतबाट फेरि म्याद लिने तयारी भइरहेको छ।

सन्दीपलाई अनुसन्धानका लागि पछिल्लोपटक लिइएको म्याद सोमबार सकिएको थियो। तर मंगलबार सार्वजनिक विदा परेकाले बुधबार मात्र प्रहरीले उनलाई अदालत लैजाँदै छ।

सन्दीपलाई अनुसन्धानका लागि पहिलोपटकलाई ७ दिन र दोस्रोपटकलाई पाँच दिनको म्याद लिइएको थियो। उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले  बलात्कार मुद्दा अधिकतम २४ दिनसम्म आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

सन्दीप प्रकरणमा पीडित भनिएकी किशोरीले जाहेरी दिएको झन्डै एक महिनापछि मात्र उनी पक्राउ परेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर