सय मिटर बट्टरफ्लाईमा एस्लेले तोडिन् गौरिकाको कीर्तिमान – Nepal Press

सय मिटर बट्टरफ्लाईमा एस्लेले तोडिन् गौरिकाको कीर्तिमान

पोखरा । एनआरएनकी एस्ले सापकोटा डंगोलले सय मिटर बट्टरफ्लाईमा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ रेकर्ड स्वर्ण जितेकी छिन् ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फिस्टेल एकेडेमीमा सोमबार सम्पन्न सय मिटर बट्टरफ्लाईमा गौरिकाले २०१९ मा बनाएको १ मिनेट ९.९७ सेकेन्डको रेकर्ड तोड्दै निर्धारित दुरी १ मिनेट ७.७४ सेकेन्डमा पुरा गरिन् ।

नेपाल पुलिस क्लबकी मेगान गुरुङले १ मिनेट १४.२४ सेकेन्डमा निर्धारित दुरि पुरा गर्दै रजत जितिन् । वागमती प्रदेशकी रोसा नौपानेले कास्य जितिन् । रोसाले निर्धारित दुरी १ मिनेट १८.७४ सेकेन्डमा पुरा गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर