नवौं राष्ट्रिय खेलकुद : एपीएफ पुरुष फुटबलको सेमीफाइनलमा – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : एपीएफ पुरुष फुटबलको सेमीफाइनलमा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत नेपाल एपीएफ क्लब पुरुष फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार दिउँसो गोस्टेघाट सम्पन्न समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई ३-१ गोलको नतिजामा पराजित गरेको छ । एपीएफलाई जित दिलाउन प्रदिप लामा र नविन लामाले दुई गोल गरे । वागमतीका लागि अभिषेक रिजालले सान्त्वना गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा अभिषेकको गोल मार्फत सुरुआती अग्रता बनाएपनि त्यसलाई जोगाइराख्न नसक्दा वागमती पराजित भएको हो । खेलको ६५औं मिनेटमा एपीएफका प्रदिप लामाले बराबरी गोल फर्काएका थिए ।

नविन लामाले ७६औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाए । नविले खेलको इन्जुरी समयमा गोल गरेसँगै एपीएफले ३-१ ले जित सुनिश्चित गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर