नवौं राष्ट्रिय खेलकुद: सफ्ट टेनिसमा यकेश र समृद्धिलाई स्वर्ण – Nepal Press

नवौं राष्ट्रिय खेलकुद: सफ्ट टेनिसमा यकेश र समृद्धिलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसमा पुरुष एकलमा प्रदेश १ का येकेश योन्जनले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार सम्पन्न फाइनलमा एपीएफका प्रदीप खड्कालाई ४–१ ले पराजित गर्दै येकेशले स्वर्ण जितेका हुन् ।

पुरुष एकलमा बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कास्य पदक जितेका छन् ।

महिलातर्फ एपीएफकी समृद्धि महर्जनले स्वर्ण पदक जितेकी छिन् । फाइनलमा बागमती प्रदेशकी चन्द्रमाया राईलाई ४–२ ले पराजित गर्दै समृद्धिले स्वर्ण जितेकी हुन् ।

प्रदेश १ की श्रेया योञ्जन र बागमती प्रदेशकी स्वस्तिका विष्टले कास्य जितिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर