मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरु पुरस्कृत – Nepal Press

मंगलम इण्डस्ट्रिजद्वारा प्राविधिकहरु पुरस्कृत

काठमाडौं । मंगलम इण्डस्ट्रिजले प्राविधिकहरुलाई पुरस्कृत गरेको छ ।

नेपालकै पहिलो सीपीभीसी पाइप्स र फिटिंग्स उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिजले सुनसरीको इटहरीमा प्राविधिकलाई पुरस्कार वितरण गरेको हो । प्राविधिकहरुलाई अभिप्रेरित गर्न उक्त कार्यक्रम गरिएको मंगलम पाइपले जनाएको छ ।

कार्यक्रममा गत वर्षको स्किममा प्राविधिकहरुले गरेको प्रदर्शनअनुसार पुरस्कारहरु वितरण गरिएको थियो । जसअन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सीसीको पल्सर मोटरसाइकल, एउटा १५० सीसीको पल्सर जित्नुको साथै ६ जनाले ल्यापटप, १० जनाले १–१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीका असिस्टेन्ट भाइस प्रेसिडेन्ट सुमित शर्माले जानकारी दिए ।

टेक्निसियन प्रोत्साहन कार्यक्रम (कुपन वापत) अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । यस्ता किसिमका अन्य कार्यक्रम भविष्यमा पनि सञ्चालन गरिने शर्माले बताए । कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशील करिब ५० जना प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

मंगलमका सबै उत्पादनहरु गुणस्तरीय जापानी कच्चापदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ । नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *