जयरानीलाई १०० मिटर हर्डल्समा स्वर्ण – Nepal Press

जयरानीलाई १०० मिटर हर्डल्समा स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले एथ्लेटिक्सको महिला १०० मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।

पोखरा रंगशालामा भएको खेलको हिट चरणमा १५.१६ सेकेन्डको कीर्तिमान बनाएकी जयरानीले सोमबार बिहानै भएको फाइनलमा १५.६९ सेकेन्ड खर्चेर पनि स्वर्ण पदक जितिन् । यसअघि यो कीर्तिमान उनकै नाममा थियो । उनले १५.२० सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

यसअघि आइतबार बिहान पनि जयरानीले ४०० मिटर हर्डल्समा नयाँ कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् ।

यस्तै १ मिनेट ०६.०६ मा पूरा गरेकी एपीएफकी भागिरथीकुमारी थारुले रजत पदक जितिन् । एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सकेन्ड खर्चंदै कास्य पदक जितेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर