नवौं राष्ट्रिय खेलकुद : टेबलटेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : टेबलटेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुलटेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफले च्याम्पियन बन्दै स्वर्ण जित्यो ।

पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११-७, ५-११, ८-११, ११-५ र ९-११ को २-३ को सेटमा पराजित गरेको हो ।

यसैगरी महिला डबल्सतर्फ एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्वर्ण पदक पाउन सफल भएको छ । नेपाल पुलिस क्लबलाई ११-९, ८-११, ११-९, ९-११ र ७-११ को २-३ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण पदक जित्यो । मिक्स डबल इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले रजत पदक प्राप्त गरे भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् ।

यसैगरी महिला डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लबले रजत पदक हात पारको छ भने बागमती प्रदेश र नेपाल पुलिस क्लबले कास्य पदकमा चित्त बुझाए । पुरुष डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश नं १ लाई ११-५, ११-६, ११-७ को ३-० ले पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलको बाटो तय गरेको हो । एपीएफले त्रिभुवन आर्मी क्लबलाई ११-७, १३-११, १०-१२, ९-११ र ११-१७ को ३-२ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर