सिटी लिभरपुलसँग पराजित, अपराजित यात्रामा लाग्याे ब्रेक – Nepal Press

सिटी लिभरपुलसँग पराजित, अपराजित यात्रामा लाग्याे ब्रेक

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीको अपराजित यात्रामा लिभरपुल तगारो बनेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई खेलको ७६औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरे । उनले गोलरक्षक एलिसनले रिलिज गरेको लामो प्रहारलाई उत्कृष्ट नियन्त्रण लिँदै गोल गरेका थिए ।

रेफ्रीमाथि अभद्र व्यवहार गरेपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले दोस्रो हाफमा रातो कार्डको सामना गरेका थिए ।

हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । लिभरपुल भने लयमा फर्किएको जनाउन सफल भयो ।

१० खेलबाट २३ अंक बटुलको सिटी पहिलो खेलमा हार व्यहोर्दै दोस्रो स्थानमा छ । समान खेलबाट शीर्षस्थानको आर्सनलको २७ अंक छ । लिभरपुल नौ खेलबाट १३ अंक जोड्दै आठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर