रियल म्याड्रिडले घरेलु मैदानमा बार्सिलोनालाई हरायो – Nepal Press

रियल म्याड्रिडले घरेलु मैदानमा बार्सिलोनालाई हरायो

म्याडिड। स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा रियल म्याड्रिडले बार्सिलोनालाई ३–१ गोलले हराएको छ।

रियल म्याड्रिडको मैदानमा भएको खेलमा घरेलु टोलीका करिम बेन्जेमा, रोड्रिगो र फेडेरिको भल्भर्डले एक एक गोल गरे। बेन्जेमाले १२ र भल्भर्डले ३५ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा घरेलु टोली २–० गोलले अगाडि बढेको थियो।

फेरान टोरेसले ८३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयाश गरेका थिए तर उल्टै रियल म्याड्रिडले गोल थप्यो। रोड्रिगोले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेका थिए। बार्सिलोनाको घरेलु लिगमा यो सिजन अपराजित यात्रा टुग्याएको रियल म्याडिड ९ खेलबाट २५ अंक जोड्दै शीर्षस्थानमा छ।

रियल म्याड्रिड यो सिजन ला लिगामा एक मात्र अपराजित टोली हो। दोसो स्थानमा रहेको बार्सिलोनाको ९ खेलबाट २३ अंक छ। गत मार्चमा बार्सिलोना रियल म्याड्रिडकै मैदानमा भएको खेलमा ४–० गोलले विजयी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर