टेनिस : टिम इभेन्टको पुरुषमा गण्डकी र महिलामा आर्मीलाई स्वर्ण – Nepal Press

टेनिस : टिम इभेन्टको पुरुषमा गण्डकी र महिलामा आर्मीलाई स्वर्ण

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्टमा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आइतबार सम्पन्न खेलमा प्रदीप खड्काको टिम गण्डकीले समग्रमा आर्मी माथि २–१ ले जित निकाल्दै च्याम्पियन बनेको हो ।

टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे ।

एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रणव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले ।

पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रणव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो ।

महिलातर्फ एकलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५, १–६ र ६–१ को सेटमा पराजित गरे ।

अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गर्‍यो ।

महिला टिम इभेन्टमा बागमती प्रदेश र नेपाल प्रहरीले कांस्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कांस्य पदक जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर