साइक्लिङमा : साग विजेता लक्ष्मीलाई स्वर्ण – Nepal Press

साइक्लिङमा : साग विजेता लक्ष्मीलाई स्वर्ण

पोखरा । नवौँ वृहत् राष्ट्रिय खेलकुदअन्तर्गत साइक्लिङको महिला क्रस कन्ट्रीमा बागमतीकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छन् ।

बागमतीकी मगर १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् । १५ किलोमिटर दुरीको सो स्पर्धा मगरले एक घण्टा ९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबकी उशा खनालले १ घण्टा १२ मिनेट ३९ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यस्तै सशस्त्र प्रहरी बल (एपीएफ) की हुमी बुढामगरले १ घण्टा २० मिनेट ०४ सेकेन्डको समयका साथ साथ कांस्य पदक जितिन्।

त्यस्तै आइतबार नै भएको पुरुषतर्फ १९ किलोमिटरको दुरीको क्रस कन्ट्रीमा एपीएफका सुरज राना मगरले स्वर्ण पदक जिते ।

उनले १ घण्टा ९ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । आर्मीका हिमाल टमाटाले रजत पदक जित्ने क्रममा १ घण्टा ११ मिनेट ४३ सेकेन्डको समय लिए ।

त्यस्तै, एपीएफका लक्ष्मण मल्लले १ घण्टा १३ मिनेट २५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कांस्य पदक जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर