पौडीमा नासिरलाई दुई कीर्तिमानी स्वर्ण – Nepal Press

पौडीमा नासिरलाई दुई कीर्तिमानी स्वर्ण

पोखरा । त्रिभुवन आर्मी क्लबका पौडीबाज नासिर हुसेनले नयाँ राष्ट्रिय कीर्तिमानसहित दुई स्वर्ण पदक जितेका छन् । आइतबार फिस्टेल एकेडेमीमा सम्पन्न भएको पुरुष २०० मिटर फ्रिस्टाइलमा यसअघि सन् २०२१ को डिसेम्बरमा १५औं फिना विश्व पौडी च्याम्पियनसिपमा आफैंले बनाएको १ मिनेट ५८.३० सकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते ।

उनले निर्धारित दूरी १ मिनेट ५५.३९ सेकेन्डमा पार गर्दै नयाँ कीर्तिमान बनाए । सोही इभेन्टमा निर्धारित दूरी पार गर्न १ मिनेट ५५.४८ सेकेन्ड लगाएका त्रिभुवन आर्मी क्लबकै अलेक्जेन्डर साहले रजत तथा २ मिनेट ०२.७५ सेकेन्ड लगाएका एर्भिन श्रेष्ठले कास्य पदक जिते ।

आइतबार साँझ नै भएको पुरुष २०० मिटर इन्डिभिजुअल मेड्लेमा पनि उनी आफैंले गत वर्ष फिना च्याम्पिनसिपमै बनाएको २ मिनेट ११.८५ सेकेन्डको कीर्तिमान तोड्दै स्वर्ण जिते । उनले निर्धारित दूरी पार गर्न १ मिनेट ११.२३ सेकेन्ड लगाएका थिए ।

यस्तै, इभेन्टमा गैरआवासीय नेपाली संघ (एनआरएनए)का आशिष सापकोटाले २ मिनेट १३.९८ सेकेन्डमा दूरी पार गर्दै रजत जितेका छन् । यस्तै दूरी पार गर्न २ मिनेट १९.९१ सेकेन्ड लगाएका बागमतीकका सौरेन सिंहले कास्य जिते ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर