नेपाल ल्यूव आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने – Nepal Press

नेपाल ल्यूव आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको ३१ औँ वार्षिक साधारण सभाले शेयर धनीहरूलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष अरुण कुमार चौधरीले नेपाल ल्यूव आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै कठिन अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए ।

नेपाल ल्यू आयलले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ ।

गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सुपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नाम सँग रहेको छ ।

त्यस्तै गल्फ लुब्रिकेन्टस् नेपालको समेत मुख्य रूपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगट्न सफल ब्राण्डको रूपमा चिनिन्छ ।

गल्फ ब्राण्डका उत्पादनहरूको विविधताले सबै अटोमोबाईल र मेसनरीहरुलाई समेट्ने सक्ने गरी व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *