सेयर बजारमा ८० करोडको मात्र कारोबार, कहिले बढ्ला बजार – Nepal Press

सेयर बजारमा ८० करोडको मात्र कारोबार, कहिले बढ्ला बजार

काठमाडौं । सेयर बजारमा आइतबार पुनः गिरावट आएको छ । यस अघिका दुई कारोबार दिनमा केही सुधार देखिएको नेप्से सूचक आइतबार पुनः ९.६९ अंकले घटेको छ ।

आइतबार नेप्से सूचक १८६०.९४ विन्दुमा बन्द भएको छ । यस दिन ८० करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांशको घोषणा गरिरहेको छन् ।

लाभांशको सिजनमा पनि सेयर बजार सुस्त हुँदा सूचीकृत कम्पनीहरूको सेयर भाउ निकै सस्तो भएको छ । कुनै बेला ३२ सय विन्दु पुगेको बजार अहिले १८ सय विन्दुको आसपासमा घुमिरहेको छ । देश निर्वाचनमय भइरहेको छ ।

निर्वाचनका समयमा आर्थिक गतिविधि बढ्नेछ । बैंकिङ क्षेत्रमा देखिएको तरलता र बढ्दो ब्याजदर बृद्धिले पनि बजार सुध्रन नसकेको विश्लेषण विज्ञहरूको छ ।

आज कारोबारमा २२१ कम्पनी सामेल भएका छन् । बैंकिङ र उत्पादन तथा प्रशोधन समूहमा हरियाली देखिएपछि बाँकी सबै समूह ओरालो लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *