नेपालको अर्थतन्त्र अण्डरभ्याल्यु भयो : महालेखापरीक्षक शर्मा – Nepal Press

नेपालको अर्थतन्त्र अण्डरभ्याल्यु भयो : महालेखापरीक्षक शर्मा

काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपालको अर्थतन्त्र अण्डरभ्याल्यु भएको बताएका छन् । एसोसियसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)को दिगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा नेपालको जीडीपी जति हो त्यति एकाउन्टमा नआएको दंगालले बताए ।

उनले जीडीपी अहिलेको भन्दा बढी हुनुपर्ने भए पनि विभिन्न कारणले ठोस रुपमा जीडीपी नआएको बताए । उनले सरकार तथा अन्य सबै निकायलाई तीन/चार वर्षदेखि मुलुकको जीडीपी राजश्व संकलनलगायतका हिसाबले हेर्दा कम रहेको उल्लेख गरे ।

यता अर्थविद् डा. स्वर्णीम वाग्लले युवा पुस्ताले मुलुकको नेतृत्व गरे पनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने अभिव्यक्ति दिए । तर, प्रतिव्यक्ति आयको हिसाबले श्रीलंकाको अवस्थामा पु¥याउन सकिने उनको भनाइ छ ।

शुक्रबार एक्यानले आफ्नो वार्षिकोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यमा दिगो आर्थिक विकाससम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा छुट्टाछुट्टै विषय र बहसमा मुलुकमा दिगो आर्थिक विकासका विषयमा छलफलसमेत गरेको छ । एक्यानका अध्यक्ष दीपक पाण्डेले चार्टर्ड एकाउण्टेण्टहरुले दिगो विकास गर्न के भूमिका खेल्ने र निजी सरकारी क्षेत्रको आर्थिक पारदर्शिता बनाउन हातेमालो गर्न चाहेकाले नीतिगत जटिलता समाधान खोज्न सम्मेलन आयोजना गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *