एसियन च्याम्पियन श्रीलंका पहिलो खेलमै नामिबियासँग स्तब्ध – Nepal Press

एसियन च्याम्पियन श्रीलंका पहिलो खेलमै नामिबियासँग स्तब्ध

मेलबर्न । अस्ट्रेलियामा आइतबारदेखि सुरु आईसीसी टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाले श्रीलंकालाई स्तब्ध बनाएको छ । १६४ रनको लक्ष्य पाएको श्रीलंका एक ओभर बाँकी रहँदा १०८ रनमा अलआउट भएर ५५ रनले पराजित भएको हो ।

श्रीलंकालाई सस्तोमा समेट्न नामिबियाका डेभिड वैजी, बर्नार्ड स्कोल्ज्ड, बेन सिकोङ्गो र जान फ्राइलिङ्कले दुई-दुई विकेट लिए । श्रीलंकाका कप्तान दासुन सनाकाले सर्वाधिक २९ रन बनाए ।

भानुका राजपाक्षाले २० र धनन्जय डे सिल्भाले १२ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि फ्राइलिङ्कको ४४, स्टेफन बार्डको २६, कप्तान जर्हार्ड इरासमसले २० र जान निकोल लफ्टी-इटनको २० रनको मद्दतमा नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन जोडेको थियो ।

नामिबियाले यसअघि एक पटकमात्र टी-२० विश्वकप खेलेको थियो । उसले पहिलोपटक गत वर्ष आयोजित संस्करण खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर