हाईजम्पः महिला र पुरुषतर्फकाे स्वर्ण आर्मीलाई – Nepal Press

हाईजम्पः महिला र पुरुषतर्फकाे स्वर्ण आर्मीलाई

पोखरा। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत हाईजम्पमा त्रिभुवन आर्मी क्लवले महिला र पुरुष दुवैतर्फ स्वर्ण जितेको छ ।

आइतबार पोखरा रंगाशालामा सम्पन्न खेलमा पुरुषतर्फ आर्मीका सूर्यबहादुर खत्रीले १.९० मिटर जम्प गर्दै स्वर्ण जिते ।

बाग्मती प्रदेशका निकेश महताे १.७५ मिटर जम्प गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका रोशन धमलाले १.७५ मिटर जम्प गर्दै कास्य जिते ।

महिलातर्फ आर्मीकै अगिता सिंजाली मगरले १.५२ मिटर जम्प गर्दै स्वर्ण जितिन् । बिन्दु थनेतले १.५० मिटर जम्प गर्दै रजत जितिन् । गण्डकीकी सीमा श्रेष्ठले १.४१ मिटर जम्प गर्दै कास्य हात पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर