नवौं राष्ट्रिय खेलकुद : महिला ४ सय मिटर हर्डल्समा आर्मीकी जयनारीले बनाइन् राष्ट्रिय कीर्तिमान – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : महिला ४ सय मिटर हर्डल्समा आर्मीकी जयनारीले बनाइन् राष्ट्रिय कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्गर्गत ४ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लवकी जयनारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

पोखरा रंगाशाला ट्रयाकमा आइतबार सम्पन्न दौडमा जयनारीले आफ्नै कीर्तिमान सुधार गर्दै निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

यसअघि उनले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा बनाएको १ मिनेट ०७.२ सेकेन्डको राष्ट्रिय कीर्तिमान सुधार गरेकी छन् ।

महिला हर्डल्स ४ सय मिटरतर्फ एपीएफकी भागिरथीकुमारी थारुले १ मिनेट ०६.०६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जितिन् ।

यस्तै एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ०६.५१ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै कास्य जितिन् ।

१२ खेलाडीले नाम दर्ता गराएको यस स्पर्धामा ७ खेलाडीमात्रै सहभागी भएपछि हिट नभई सीधै फाइनल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर