आर्मीलाई हराउँदै गण्डकीले जित्यो पुरुष हेन्डबलमा स्वर्ण – Nepal Press

आर्मीलाई हराउँदै गण्डकीले जित्यो पुरुष हेन्डबलमा स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हेन्डबल प्रतियोगिताको स्वर्ण गण्डकी प्रदेशले जितेको छ ।

सनिबार पोखरा रंगाशालास्थित बहुउद्देशिय कभर्डहलमा सम्पन्न फाइनल खेलमा आर्मी क्लबलाई ४३–३६ गोलको नतिजामा पराजित गर्दै गण्डकीले प्रतियोगितामा पहिलो स्वर्ण जितेको हो ।

गण्डकी सेमिफाइनलमा लुम्बिनीलाई पराजित गर्दै फाइनल पुगेको हो । यस्तै, आर्मी विभागिय प्रतिद्वन्दी एपीएफ क्लबलाई हराउँदै फाइनल पुगेको हो ।

महिलातर्फ हेन्डबलको स्वर्ण आर्मीले जितेको हो भने विभागिय प्रतिद्वन्दी एपीएफ क्लबलाई १७–१६ गोलको नतिजामा पराजित गर्दै आर्मीले स्वर्ण जितेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर