महिला फुटबल : कर्णालीको पोष्टमा एपीएफको १६ गोल, सावित्रा एक्लैको ५ गोल – Nepal Press

महिला फुटबल : कर्णालीको पोष्टमा एपीएफको १६ गोल, सावित्रा एक्लैको ५ गोल

पोखरा । सावित्रा भण्डारीको पाँच गोल प्रेरित नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई १६–० गोलको नतिजामा पराजित गरेको छ ।

गण्डकी प्रदेशको वालिङमा सम्पन्न खेलमा एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । सरु लिम्बुले ह्याट्रिक पुरा गर्दा अनिता केसी र रविना गोलेले समान दुई गोल गरे ।
प्रिती राई, सविता राना, मनमाया लिम्बु र गिता रानाले समान एक गोल गरे ।

यस्तै, महिला फुटबलको दास्रो खेलमा प्रदेश १ विजयी भएको छ । स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश १ले गण्डकी प्रदेशलाई २–१ गोलको नतिजामा पराजित गर्यो ।

शनिबारको खेलमा अन्जना थुलुङ राईले ३६ औँ मिनेटमा गोल गर्दै प्रदेश१ लाई सुरुआती अग्रता दिलाएकी थिइन् । अनिता गुरुङले ६३औँ मिनेटमा प्रदेश १ को अग्रता दोब्बर पारिन् ।

गण्डकी का लागि ८१ औँ मिनेटमा शान्ति नेपालीले सान्त्वना गोल गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर