नवौं राष्ट्रिय खेलकुदः नासिरलाई १५ सय मिटर फ्रिस्टायलमा स्वर्ण – Nepal Press

नवौं राष्ट्रिय खेलकुदः नासिरलाई १५ सय मिटर फ्रिस्टायलमा स्वर्ण

पोखरा । आर्मीका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरर्गत भएको २२ औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा आफ्नै नाममा रहेको किर्तिमानमा सुधरा गर्दै स्वर्ण जितेका छन् ।

नासिरले १५ सय मिटिर फ्रिस्टायलमा काठमाण्डौमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड बनाएका हुन् ।

यसका साथै उनले नवौं राष्ट्रिय खेलकुदमा पौडी तर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोश्रो स्थानमा रहेको एनआरएनका आशिष सापकोटाले नासिरले दक्षिण एशियाली खेलकुद(साग)मा बनाएको रेकर्डलाई तोड्दै, १६ मिनट ५७.९५ सेकेन्डमा निर्धारित दूरी पार गर्र्दै रजत पदक जिते । पुलिसका सुनिल कुमार थापा मगर कास्य पदक प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर