८ दिनमा ‘२ नम्बरी’को कमाई साढे ४ करोड – Nepal Press

८ दिनमा ‘२ नम्बरी’को कमाई साढे ४ करोड

काठमाडौं । असोजको २१ गतेबाट रिलिज भएको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । दोस्रो साताको शनिवारसम्म पनि हलमा दर्शकको उच्च चाप छ । आज शनिवारको दिन पनि मल्टिप्लेक्समा दर्शकको उच्च अकुपेन्सी देखिएको छ ।

यसैबिच, यो चलचित्रको ८ दिने बक्स अफिस कलेक्सन यसको निर्माण पक्षले सार्वजनिक गरेको छ । निर्माण पक्षका अनुसार चलचित्रले ८ दिनमा ४ करोड ४५ लाख ग्रस कलेक्सन गरेको छ । यसको निर्माण पक्षले १३ वटा शहरको कुल व्यापार समेत सार्वजनिक गरेको छ ।

निर्माण पक्षका अनुसार, यो चलचित्रले काठमाडौंमा ८ दिनमा २ करोड २० लाखको ग्रस कलेक्सन गरेको छ । यस्तै, चलचित्रले चितवनमा ५० लाख, पोखरामा ३० लाख, बुटवलमा २३ लाख, इटहरी २२ लाख, नेपालगञ्ज १५ लाख, दमक १५ लाख, बिर्तामोड १४ लाख, विराटनगर १२ लाख, हेटौडा १० लाख, धनगढी १० लाख, धरान ५ लाख, सुर्खेत ४ लाखको ग्रस कलेक्सन गरेको छ ।

यस्तै, चलचित्रले अन्य विभिन्न स्टेशनबाट १५ लाख ग्रस कलेक्सन गरेको छ । चलचित्रले रिलिजको केही दिनमा नै लगानी उठाएको निर्माता किरण नेपालीले जानकारी दिए ।

दीपेन्द्र लामा निर्देशित चलचित्रको दोस्रो सातामा पनि शोज वृद्धि भएको छ । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ । २ साथीको मित्रता र वन्यजन्तु संरक्षणको कथामा बनेको चलचित्रलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *