एथलेटिक्स : महिला १०० मिटर दौडमा सरस्वतीको कीर्तिमान – Nepal Press

एथलेटिक्स : महिला १०० मिटर दौडमा सरस्वतीको कीर्तिमान

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १००मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

शनिवार पोखरा रंगशालामा भएको दौडमा हिटमा कीर्तिमान बनाएकी लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पछि पार्दै ओलम्पियन सरस्वतीले स्वर्ण जितिन् ।

हिटमा १२।१० सेकेन्डमा निर्धारित दूरी पुरा गरेकी निशाले फाइनलमा आफ्नो टाइमिङलाई निरन्तरता दिन नसक्दा सरस्वतीले १२।१३ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् ।

सन् १९९९मा भएको दक्षिण एसियाली खेलकुद (साग) मा देवीमाया पनेरुले बनाएको १२।१९ सेकेन्डको कीर्तिमान भङ्ग गर्दै सरस्वतीले नयाँ कीर्तिमान बनाएकी हुन् ।

यस्तै, निशा १२।२२ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै रजत जित्न सफल भइन् ।

आर्मीकी रमिता थारु १२।३३ मा निर्धारित दूरी पुरा गर्दै कांस्य पदक जितिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर