उदयपुर सिमेन्ट उद्योग तत्काल सूचारु गर्न माग – Nepal Press

उदयपुर सिमेन्ट उद्योग तत्काल सूचारु गर्न माग

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेण्ट उद्योग लिमिटेड तत्काल सूचारु गर्न माग गरेको छ ।
चार वटा ट्रेड युनियनले आज संयुक्त विज्ञप्ति जारी गर्दै बन्द रहेको उद्योग तत्काल सूचारु गर्न माग गरेको हो । पूर्ण क्षमतामा संचालन भइरहेको उद्योग असोज १४ गतेदेखि कोइलाको अभावले बन्द रहेको छ ।

समग्र उद्योग ट्रेड युनियन संघ,नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर, नेपाल औद्योगिक मजदुर संगठनको संयुक्त बैठकले ५ बुँदे माग पुरा नगरेसो बाट उत्पन्न हुने परिस्थितिको जवाफदेही स्वय उद्योग व्यवस्थापन हुने चेतावनी दिएको छ ।

आज ४ वटै ट्रेड युनियनले लामो समयदेखि उद्योग बन्द रहदाको अवस्थामा पनि महाप्रबन्धकको गैरजिम्मेवारी पूर्वक उद्योग बाहिर रहेको र उद्योग प्रति वेवास्ता देखाएकोले २ दिन भित्र उद्योगमा उपस्थिति हुन माग गरेको छ ।

चालु रहेको उद्योग कच्चा पदार्थको अभाव देखाई बन्द गरी मजदुर कर्मचारीको रोजी रोटी माथि खेलवाड नगरी तुरुन्त उद्योग सञ्चालन गर्न,अतिथि सत्कार सवारी दुरुपयोग तथा अन्य अनावश्यक खर्चहरु अत्याधिक भएकोले तुरुन्त बन्द गर्न, लेखाबाट दैनिक आम्दानी खर्चको विवरणसार्वजनिक गर्न र कवाडी लिलाम बिक्रीमा भएको अनियमितता छानविन कमिटीको प्रतिवेदन सार्वजनिक गर्न उद्योगका महाप्रबन्धकलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *