एथलेटिक्स: महिला १५ सय मिटरमा एपीएफकी फुलमतिलाई स्वर्ण – Nepal Press

एथलेटिक्स: महिला १५ सय मिटरमा एपीएफकी फुलमतिलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिलातर्फ १५ सय मिटरमा दौडमा एपीएफकी फूलमति रानाले स्वर्ण पदक जितेकी छन् ।
पोखरा रंगशालाका र्ट्याकमा भएको दौडमा फूलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । यस्तै, त्रिभुवन आर्मी क्लबकी सरस्वति भट्टराईले ४ मिनेट ४१ सकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जितिन् ।

५ मिनेट ०३.८० सेकेन्डमा निर्धारित दूरी पार गरेकी आर्मीकै रेखा लिम्बुले कास्य जितिन् ।

शनिबार बिहानदेखि सुरु भएको एथ्लेटिक्सको १० हजार मिटरमा बागमतीकी सन्तोषी श्रेषठले संवरण, पुलिसकी राजपुरा पछाईले रजत र एपिएफकी पुष्पा भण्डारीले कास्य पदक जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर