एथ्लेटिक्स १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण – Nepal Press

एथ्लेटिक्स १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमति प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।
पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा पुलिसकी राजपुरा पछाइलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुराले निर्धारित दुरी ३६ मिनेट २९ सेकेन्डमा पूरा गर्दै रजत तथा एपीएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । ३६ मिनेट ४.२ सेकेन्ड मा निर्धारित दुरि पूरा गर्दै एपीएफकी पुस्पाले कास्य जितिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर