नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा कर्णालीविरुद्ध सुदरपश्चिमको सानदार जित – Nepal Press

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा कर्णालीविरुद्ध सुदरपश्चिमको सानदार जित

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा कर्णाली प्रदेशलाई ५-३ गोलको नतिजामा पराजित गर्दै सुदरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ ।

लामाचौरस्थित गोस्टेघाट खेल मैदानमा सम्पन्न समूह बीअन्तर्गतको खेलमा सुदुरपश्चिमलाई जित दिलाउन ज्ञानेन्द्र जोशी, कुवेर सिंह, सशांक बोहरा र दिरेन्द्र शाहले गोल गरे । कर्णालीका विकेष सन्तोषीले ह्याट्रिक गरे ।

खेलको ३८औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोलमा सुदुरपश्चिमले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा १–० को नतिजामा सकिएकोे खेलको दोस्रो हाफमा ७ गोल भए ।

खेलको ५८ औं मिनेटमा ज्ञानेन्द्र जोशीले गोलगर्दै सुदुरपश्चिमको अग्रता दोब्बर पारे । कर्णालीका विकेश सन्तोषीले ६२औं मिनेटमा गोल गर्दै २–१ को स्थितिमा खेल पुर्‍याएका थिए । सुदुरपश्चिमका कुवेर सिंहले ७७औं मिनेटमा गोल टिमका लागि तेस्रो गोल गरेपछि कर्णाली दबाबमा परेको थियो ।

कर्णालीका विकेशले ८४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-२ को स्थितिमा पुर्‍याउँदै टिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसको २ मिनेट नबित्दै शसांक बोहोराले गोल गर्दै सुदुरपश्चिमको अन्तर फराकिलो बनाएका थिए । खेलको ९४औं मिनेटमा दिरेन्द्र शाहले गोल गर्दै सुदुरश्चिमको जित शुनिश्चित गरे । त्यसको १ मिनेट नबित्दै कर्णालीका विकेशले पेनाल्टिमा गोल गर्दै ह्याट्रिक पुरा गरेपनि जितका लागि पर्याप्त रहेन ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगितामा शनिबार दुई खेल हुनेछन् । समूह बी का मधेश प्रदेश र शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच पहिलो तथा समूह ए का प्रदेश १ र गण्डकी प्रदेशबीच दोस्रो खेल हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर