महिला क्रिकेट : समूह बी बाट पुलिस र लुम्बिनी सेमिफाइनलमा प्रदेश १ र कर्णाली बाहिरिए – Nepal Press

महिला क्रिकेट : समूह बी बाट पुलिस र लुम्बिनी सेमिफाइनलमा प्रदेश १ र कर्णाली बाहिरिए

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको समूह बी बाट लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रवार पोखरा रंगशालामा कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीसँग समान अंक भएपनि नेट रन रेटका आधारमा प्रदेश १ पछि परेसँगै बाहिरिएको हो ।

यस्तै, कर्णाली जितविहीन रहँदै बाहिरिएको हो । समूह चरणमा लगातार तीन खेल जितेर यसअघिकै पुलिस सेमिफाइनल पुगिसकेको छ ।

टस जितेर ब्याटिङ थालेको कर्णालीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनको योगफल तयार गरेको थियो ।

कर्णालीले दिएको लक्ष्य प्रदेश १ ले ६.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

प्रदेश १ का लागि ओपनर निशा शाहले १८ रनको योगदान गरिन् । यस्तै लकिता राजवंशीले १४ रन जोडिन् ।

कर्णालीका यमुना थारु र अन्जु गुरुङले समान एक विकेट लिए ।

कर्णालीको ब्याटिङमा यमुनाले २१ रन र कप्तान विना थापाले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश १ की लकिता राजवंशीले चार विकेट लिइन् । उनले तीन ओभरमा १ मेडनसहित ५ रन खर्चिइन् ।
अलिसा काडियाले तीन विकेट लिँदा निशा शाह र भवानी कामतीले समान एक विकेट लिए ।

समूह बी मा पुलिस तीन खेलमा तीन अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको लुम्बिनीको तीन अंक छ ।

समान तीन अंक भएपनि प्रदेश १ रनरेटका आधारमा पछि पर्दै तेस्रो स्थानमा छ । कर्णाली जितविहीन रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर