चुनौतीका बाबजुद नवौं राष्ट्रिय खेलकुदको तयारी पूरा भयो : सदस्य सचिव घिसिङ – Nepal Press

चुनौतीका बाबजुद नवौं राष्ट्रिय खेलकुदको तयारी पूरा भयो : सदस्य सचिव घिसिङ

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले विभिन्न चुनौतीका बाबजुद पनि नवौं राष्ट्रिय खेलकुदको तयारी सम्पन्न भएको बताएका छन् । शुक्रबारदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागिय र एनआरएनए गरी ११ टिमका ६ हजार १५६ खेलाडीको सहभागिता रहनेछ । कात्तिक तीन गते समापन हुने प्रतियोगितामा ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिवले उद्घाटन समाहरोहमा सामान्यतर्फ सर्वसाधारणले टिकट बिनै प्रवेश पाउने जानकारी गराएका छन् ।

सातौं दक्षिण एसियाली खेलकुद(साग) का स्वर्ण विजेता तथा ओलम्पियन टिका बहादुर बोगटीले अलम्पिक टर्च प्रज्ववलन गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनेपनि उनको स्वास्थ्यमा समस्या आएपछि उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने भएका छन । यस्तै, प्रतियोगिताको समापन प्रधानमन्त्रीले गर्नेछन् ।

खेल मैदान अभावका कारण केही खेलहरु भने प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन नभई सुरु भएका थिए । पुरुष क्रिकेट भदौ २२ देखि ३१ सम्म काठमाडौंमै समापन भइसकेको छ । जसको स्वर्ण नेपाल पुुलिस क्लबले जितेको थियो । यस्तै, व्यक्तिगत विधामा फेन्सिङको महिला सावरमा वागमती प्रदेशकी शिक्षा नापितले पहिलो स्वर्ण जितेकी थिइन् ।

हालसम्म बाग्मती प्रदेशले ४ स्वर्ण १ रजत, आर्मीले ३ स्वर्ण तीन रजत र ६ कास्य जितेको छ भने, एपीएफ १ स्वर्ण ३ रजत र ६ कास्य जितेको छ । सुदुरपश्चिम १ स्वर्ण तीन कास्य, पुलिस १ स्वर्ण, प्रदेश १ तीन कास्य र गण्डकी प्रदेशले १ कास्य जितेको छन् ।

प्रतियोगिताका खेलहरु कास्की जिल्ला भन्दा बाहिर गोर्खा र म्याग्दीमा पनि भइरेहका छन् । राष्ट्रिय खेलकुद इतिहासमा पहिलो पटक ट्रफी बनाइएको छ । मेडल ट्यालीका आधारमा सर्वाधिक पदक विजेताले उक्त ट्रफि प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *