नेपालका गभर्नर अधिकारी र भारतका गभर्नर शशिकान्त बिच भेटवार्ता – Nepal Press

नेपालका गभर्नर अधिकारी र भारतका गभर्नर शशिकान्त बिच भेटवार्ता

काठमाडौं । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासबीच भेटवार्ता भएको छ।

दास र गभर्नर अधिकारीबीच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको राष्ट्र बैंकले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

दुवै गभर्नरबीचको भेटमा क्षेत्रीय अर्थतन्त्र र मौद्रिक नीतिबारे छलफल भएको बताइएको छ ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी र यसबाट रोकथामका लागि दुई मुलुकले चाल्नुपर्ने आगामी नीतिबारे छलफल भएको बताइएको छ। साथै, बैंकिङ क्षेत्रको डिजिटाइजेसनबारे समेत छलफल भएको छ ।

यस्तै भुक्तानी प्रणाली र कारोबार राफसाफ, सिमानाकामा हुने व्यापार र रेमिट्यान्सबारे पनि छलफल भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *