एनआइसी एसिया बैंकको बचत खातामै १० प्रतिशतसम्म ब्याज पाइने – Nepal Press

एनआइसी एसिया बैंकको बचत खातामै १० प्रतिशतसम्म ब्याज पाइने

काठमाडौं । एनआइसी एसिया बैंकमा बचत गर्नेहरुले आकर्षक ब्याज पाउनेछन् । अहिले यो बैंकले बचत खातामै १० प्रतिशतभन्दा बढी ब्याज दिइरहेको छ ।

सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता अन्तर्गत १०.१३३ प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ । अहिले बैङ्कहरूले मुद्दती निक्षेपमा आकर्षक ब्याज दिइरहेका छन् ।

१२.१३ प्रतिशत मुद्दती निक्षेपको ब्याज निर्धारण गरेका बैङ्कहरूले साधारण बचतमा भने फरक फरक ब्याज दिइरहेका छन् । एनआइसी एसिया बैंकले बचत खातामा ७।१३३ प्रतिशतदेखि १०.१३३ प्रतिशतसम्म व्याज दिँदै आएको छ ।

२५ वर्ष पुरा गरेको बैंकका अधिकांश वित्तीय सूचकहरू बलिया छन् । एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै ३९ रुपैयाँ १३ पैसा रहेको छ ।

यसको प्रतिसेयर आम्दानी गतवर्ष भन्दा १० रुपैयाँ ९५ पैसाले बढेको हो ।

एनआइसी एसिया बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर र ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *