६ मिनेट १२ सेकेन्डमा ह्याट्रिक पूरा गर्दै सलाहले कीर्तिमान बनाएको खेलमा लिभरपुलको जित – Nepal Press

६ मिनेट १२ सेकेन्डमा ह्याट्रिक पूरा गर्दै सलाहले कीर्तिमान बनाएको खेलमा लिभरपुलको जित

काठमाडौं । मोहम्मद सलाह च्याम्पियन्स लिग इतिहासमै सबै भन्दा कम समयमा ह्याट्रिक पूरा गरेको खलमा रेन्जर्सविरूद्ध ७(१ गोलको नतिजामा जित निकालेको छ ।

खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका सलाहले ६ मिनेट १२ सेकेन्डमा ह्याट्रिक पूरा गरेका थिए ।

समूह ए अन्तर्गतको खेलको १७औं मिनेटमा स्कट एर्फिल्डले गरेको गोलमा रेन्जर्सले सुरूआति अग्रता बनाएको थियो तर अग्रता बचाउन नसक्दा २४औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिनोले बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफ बराबरीमा सिएको खेलको ५५औं मिनेटमा र्फिमिनोको गोलमा लिभरपुलले अग्रता लिएको थियो । डार्विन नुनेजले ६६औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे ।

सलाहले ७६औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता फराकिलो पारेका थिए । ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सलाहले लिभरपुललाई ५-१ को अग्रता दिलाए । त्यसको एक मिनेट नबित्दै सलाहले ह्याट्रिक पूरा गरेका थिए । उनको ह्याट्रिकसँगै लिभरपुलले खेलमा ६-१ को अग्रता लिएको थियो ।

खेल सकिन तीन मिनेट बाँकी रहँदा इलियोटले लिभरपुलका लागि सातौं गोल गर्दै ७-१ को नतिजामा जित शुनिश्चित गरे ।लिभरपुल चार खेलमा नौ अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको नेपोली भन्दा तीन अंक कम हो । नेपोली भने अन्तिम १६ मा प्रवेश गरेको छ । तेस्रो स्थानको आयाक्सको तीन अंक रह्यो भने चौथो स्थानको रेन्जर्सले अंक खाता खोल्न सकेको छैन ।

समूह ए को शीर्ष स्थान कायम गर्ने क्रममा नेपोलीले आयाक्सलाई ४-२ ले हरायो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर