बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा – Nepal Press

बायर्न च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं । भिक्टोरिया प्लेजेनलाई ४-२ गोलको नतिजामा पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह चरण अन्तर्गत बुधबार रातिसम्पन्न खेलमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्काले दुई गोल गरे ।यस्तै साडियो माने र थोमस मुलरले समान एक गोल गरे ।

खेलको १०औं मिनेटमा मानेको गोलबाट बायर्नले सुरुआती अग्रता बनाएको थियो ।मुलरले १४औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए ।

गोर्टेज्काले ३५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४-० को अग्रता दिलाए ।एडमले ६२ औं मिनेटमा गोल गर्दै प्लेजेनलाई ४-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा प्लेजेनका जान क्लिमेन्टले गोल गरेपनि बायर्न ४-२ ले विजयी भयो ।जितसँगै समूह सी को बायर्नले ४ खेलमा १२ अंक जोडेको छ ।

प्लेजेन अंक विहीन रहदै पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर