लण्डन पबमा बालेन-पत्नी सबिनाको गीतमा नाचे, महानगरको निर्णय मानेको सन्चालकलाई धन्यवाद – Nepal Press

लण्डन पबमा बालेन-पत्नी सबिनाको गीतमा नाचे, महानगरको निर्णय मानेको सन्चालकलाई धन्यवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चर्चित र्‍यापरमात्र होइनन्, एक रोमान्टिक कलाकार पनि हुन् । बालेन र उनकी पत्नी सबिना काफ्ले हालै दरवारमार्गस्थित लण्डन पबमा पुगेर त्यहाँको माहौललाई रमाइलो बनाएका छन् ।

मंगलबार साँझ लण्डन पबमा पत्नी र सहयोगीसहित पुगेका बालेनले महानगरको आग्रह बमोजिम पार्किङ व्यवस्थापन गरेकोमा धन्यवादसमेत दिएका छन् ।

सो साँझ बालेन पत्नी सबिनाले गीत गाएकी थिइन् भने बालेनले नाचेर साथ दिएका थिए । महानगरले ब्यापारिक भवनमा पार्किङ रहनुपर्ने ठाउँमा राखिएको लण्डन पब हटाएको थियो ।

सन्चालकले त्यसलाई साथ दिँदै पारिपट्टीको भवनमा लण्डन पब सारेपछि बालेनको जोडी नयाँ ठाएँमा पुगेका हो । उनले रेष्टुरेन्टमै पुगेर सञ्चालकलाई धन्यवाद दिएको तस्विर पबको फेसबुक पेजमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया

One thought on “लण्डन पबमा बालेन-पत्नी सबिनाको गीतमा नाचे, महानगरको निर्णय मानेको सन्चालकलाई धन्यवाद

  1. धेरै राम्रो ।ब्यवसायिहरुलाई प्रोत्साहन पनि गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *