पीएसजी छोड्दै एम्बाप्पे, क्लबका सल्लाहकार भन्छन्- हल्ला झूटो हो – Nepal Press

पीएसजी छोड्दै एम्बाप्पे, क्लबका सल्लाहकार भन्छन्- हल्ला झूटो हो

काठमाडौं । पेरिस सेज्ट जर्मन (पीएसजी) का फुटबल सल्लाहकार लुइस काम्पोसले किलेन एम्बाप्पेले पीएसजीका अध्यक्ष आसेर अल खेलाइफीलाई आफूले क्लब छोड्न चाहेको नबताएको दाबी गरेका छन् ।

केही दिनयता विभिन्न सञ्चारमाध्यममा एम्बाप्पेले पीएसजी छोड्न चाहेको हल्ला चलेपछि यो झूटो भएको लुइसले बताएका हुन् ।

यो सिजनको सुरुवातमा पीएसजीले एम्बाप्पेसँग २०२५ सम्मका लागि सम्झौता थपेको थियो । सम्झौता गर्दा पीएसजीले गरेका प्रतिबद्धताहरु पूरा नगरेका कारण उनी पीएसजीसँग खुशी नरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सिजन २०२२/२३ को सुरुवातमा स्पेनिस क्लब रियल मड्रिड जाने अवसरलाई अस्वीकार गरेर एम्बाप्पेले पीएसजीसँगको सम्झौता थप गरेका थिए । तर, अहिले पीएसजीमा एम्बाप्पेको बसाइलाई लिएर तनाव बढेको छ ।

क्लबसँगको सम्बन्ध राम्रो नभएका कारण एम्बाप्पेले जनवरीमा पीएसजी छोड्न चाहेको बुझिएको छ । तर, सिजनको बीचमा कुनै पनि क्लबलाई नयाँ खेलाडीलाई सेवा-सुविधा दिन गाह्रो हुने गर्छ ।

यद्यपि पीएसजीका फुटबल सल्लाहकार र प्रशिक्षक क्रिस्टोफे ग्लाटियरले एम्बाप्पेले कसैलाई पनि पीएसजी छोड्न चाहेको कुरा नबताएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर