हुण्डाईले ‘गोल अफ द सेन्चुरी’का विजेता जिसी र गुरुङलाई विश्व कप-२०२२ हेर्न कतार पठाउने – Nepal Press

हुण्डाईले ‘गोल अफ द सेन्चुरी’का विजेता जिसी र गुरुङलाई विश्व कप-२०२२ हेर्न कतार पठाउने

काठमाडौं । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेताले फिफा विश्व कप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् ।

११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्रमार्फत शेर बहादुर जि.सी. र हस्त माया गुरुङ्ग गरी २ जना विजेताहरुको छनौट भएको छ । दुई विजेताहरुले आफूले चाहेको एक जना व्यक्तिलाई लिएर कतारमा जान पाउनेछन् । यसको सम्पूर्ण खर्च हुण्डाइ नेपालले व्यहोर्ने छ । यस योजनामा सहभागी जनाउन १९ जुलाईदेखि ३० सेप्टेम्बरसम्म नेपालभरी रहेका हुण्डाईको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आफूलाई रजिष्टर गर्नुपर्ने थियो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा ग्राहकलाई सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *