बेनफिकाविरुद्ध मेस्सीले खेल्न नसक्ने, पीएसजीलाई चोटको मार – Nepal Press

बेनफिकाविरुद्ध मेस्सीले खेल्न नसक्ने, पीएसजीलाई चोटको मार

काठमाडौं। चोटका कारण लियोनल मेस्सीले युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार हुने बेनफिकाविरुद्ध खेल्न नसक्ने भएका छन्।मेस्सीले पीएसजीको लगातार दोस्रो खेल गुमाउन लागेका हुन्।

गत साता च्याम्पियन्स लिगमा बेनफिकासँग खेल्नेक्रममा मेस्सीको खुट्टामा समस्या आएको थियो। सोही कारण उनले शनिबार पीएसजीले घरेलु लिगमा रेइम्सविरुद्ध खेलेको खेल पनि गुमाएका थिए। गत साता बेनफिकाविरुद्ध भएको खेलमा मेस्सीले एक गोल गरेका थिए।

मेस्सीले यो सिजन क्लबका लागि १३ खेल खेल्दै ८ गोल गरेका छन्। उनले आफुले खेलेका पछिल्ला लगातार ६ खेलमा गोल गरेका छन्, राष्ट्रिय टोलीसमेत गरेर। पीएसजीले बेनफिकाविरुद्ध मेस्सीसहित प्रेसनेल किम्पेम्बे, नुनो मेन्डेस र रेनाटो सान्चेजलाई पनि चोटका कारण गुमाउने छ। पछिल्ला लगातार दुई खेलमा बराबरीमा रोकिएका कारण पीएसजी दबाबमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर