‘महापुरुष’ ट्रेलर : एकल बुवाले विवाह गर्न खोज्दा आउने बाधा-अवरोध – Nepal Press

‘महापुरुष’ ट्रेलर : एकल बुवाले विवाह गर्न खोज्दा आउने बाधा-अवरोध

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत सिनेमा ‘महापुरुष’को ट्रेलर रिलिज गरिएको छ ।

३ मिनेट ८ सेकेन्ड लामो ट्रेलर भावना, रोमान्स र कमेडी पन्च लाइनले भरिएको छ । एकल बुबाले बुढेसकालमा दोस्रो विवाह गर्दा खेरि आउने उतारचढाव ट्रेलरमा देख्न सकिन्छ । सिनेमामा हरिवंश र अभिनेत्री गौरी मल्लले जोडी बाँधेका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको सिनेमामा रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु विष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेललगायतका कलाकारहरूको पनि अभिनय छ । यही सिनेमाबाट अरुण क्षेत्री र अञ्जना बराइलीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।

दीपक बज्राचार्यले खिचेको सिनेमामा कालीप्रसाद बाँस्कोटा र रिदम कँडेलको संगीत, शंकर महर्जनको एक्सन, वाइल्ड रीपर्जको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ ।

षट्कोण आर्ट्सको ब्यानरमा निर्मित सिनेमामा रवीन्द्र सिंह बानियाँको कार्यकारी निर्माण छ । म्याक्स दीपेश खत्री सिनेमाका निर्माता हुन् ।

यो सिनेमा कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ । ‘जात्रा’, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’ जस्ता सफल सिनेमा निर्देशन गरिसकेका प्रदीपको यो सिनेमाले पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *